MBS प्रथम वर्षको प्रवेश परीक्षा सम्बन्धी सूचना

MBS प्रथम वर्षको प्रवेश परीक्षा सम्बन्धी सूचना

शैक्षिक वर्ष २०७३/०७४ मा भर्नाका लागि त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन लिई MBS कार्यक्रम सञ्चालन गरिरहेको QAA Certified र QAA प्राप्त गर्ने प्रक्रियामा रहेका सामुदायिक क्याम्पसहरुले संयुक्त रुपमा MBS प्रथम वर्षको प्रवेश परीक्षा (Entrance Examination) यही आषाढ ११ गते शनिबार बिहान ८ः०० बजे सञ्चालन गर्न गइरहेको हुँदा सप्तगण्डकी बहुमुखी क्याम्पसमा MBS प्रथम वर्षमा भर्ना हुनका लागि उक्त प्रवेश परीक्षामा अनिवार्य रुपमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइनुका साथै क्याम्पसबाट भर्ना तथा प्रवेश परीक्षाको फारम वितरण धमाधम भइरहेको ब्यहोरा समेत सूचित गरिन्छ ।

पुनश्चः प्रवेश परीक्षाको प्रश्नपत्रको नमूना क्याम्पसको परीक्षा शाखाबाट उपलब्ध गराइएको ब्यहोरा समेत जानकारी गराइन्छ ।

 

क्याम्पस प्रमुख

पुनश्चः प्रवेश परीक्षाको प्रश्नपत्रको नमूना क्याम्पसको परीक्षा शाखाबाट उपलब्ध गराइएको ब्यहोरा समेत जानकारी गराइन्छ ।