मिति २०८३ असार १८ गते सप्तगणडकी बहुमुखी क्याम्पसकाे साताैं क्याम्पस सभा यस क्याम्पस सल्लाहकार समितिका सदस्य, पूर्व क्याम्पस प्रमुख, वागमती प्रदेशका प्रदेश सभा सदस्य, माननीय श्री जगन्नाथ थपलियाकाे प्रमुख अातिथ्यतामा सम्पन्न भयाे । उक्त सभामा क्याम्पस प्रमुख तथा सदस्य सचिव श्री खिमलाल दाहालद्वारा प्रस्तुत २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, २०८२/०८३ काे प्रगति प्रतिवेदन, २०८३/०८४ काे वार्षिक निती तथा कार्यक्रम र बजेट पारित भयाे । उक्त कार्यक्रमकाे बन्द सत्र संस्थापक क्याम्पस प्रमुख, त्रि.वि.का पूर्व रजिष्ट्रार, सञ्चालक समितिका सदस्य प्रा.डा. भीमराज अधिकारीकाे संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।








